दशैंको दिन प्रधानमन्त्री कार्कीको विशेष पहल : जेन-जी शहीद परिवारसँग भेटघाट

विहीबार, १६ असोज २०८२

काठमाडौँ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले नेपालीहरूको महान् पर्व विजया दशमी (बडा दसैँ) का दिन जेन-जी युवा आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारसँग भेटघाट गरेकी छन्।

प्रधानमन्त्री कार्कीले बिहीबार अपराह्न सौरनकिशोर श्रेष्ठ, कान्छी नगरकोटी र बुद्धिबहादुर तामाङका परिवारसँग भेट गरी संवेदना प्रकट गरिन्।

यस वर्षको दसैँमा जेन-जी पुस्ताको आन्दोलनका क्रममा भएको मृत्युजन्य घटनाका कारण राष्ट्रपति, प्रधानमन्त्री र पूर्वराजा कसैले पनि सर्वसाधारणलाई टीका लगाइदिने सार्वजनिक कार्यक्रम आयोजना गरेका छैनन्।

यस्तो संवेदनशील परिस्थितिमा प्रधानमन्त्री कार्कीले दसैँकै दिन शहीद परिवारलाई भेटेर उनीहरूको पीडामा साथ दिएको भन्दै विभिन्न पक्षबाट स्वागत गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार