कश्मीरमा भारतीय सुरक्षा बल र आतङ्ककारीबिच मुठभेड

आइतबार, १८ साउन २०८२

एजेन्सी : दक्षिण कश्मीरको कुलगाम जिल्लाको अखल देवसर क्षेत्रमा भारतीय सुरक्षा बल र आतङ्ककारीबिच मुठभेड भएको छ । 

सुरक्षा बलले आफ्नो अपरेशन जारी समेत राखेको छ । अहिलेसम्म, अपरेशनमा एक आतङ्ककारीलाई निष्क्रिय पारिएको छ ।

शनिवार, अखल क्षेत्रमा रातभर जारी रहेको गोलीबारीका क्रममा सुरक्षा बलले एक आतङ्ककारीलाई निष्क्रिय पारेको चिनार कोप्र्सले जनाएको छ । यो संयुक्त कारबाही भारतीय सेना, जम्मू कश्मीर प्रहरी, सीआरपीएफ र विशेष अपरेशन समूह (एसओजी) द्वारा गरिएको थियो । 

जुलाई ३० मा, जम्मू र कश्मीरको नियन्त्रण रेखामा भारतीय सेनाले सीमा बार नजिकै शङ्कास्पद गतिविधि पत्ता लगाएपछि मुठभेड भएको थियो ।

सुरुमा सन्दिग्ध आतङ्ककारीहरूले गोलीबारी सुरु गरेको र सेनाले तुरुन्तै जवाफी कारबाही गरेको जनाएको छ । (एएनआइ)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार