धनगढी । बैतडीको पुर्चौडी नगरपालिका प्रमुख दीपक बहादुर बमका कान्छा छोरा प्राञ्जल बमको स्कुटर दुर्घटनामा परी मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटना मङ्गलवार राती धनगढी उपमहानगरपालिका–१३ र गोदावरी नगरपालिकाको सिमानामा भएको हो ।
पुर्चौडी–८ का २४ वर्षीय प्राञ्जल बमले चलाइरहेको सुदूरपश्चिम प्रदेश ०१–०११ प ४४७३ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिँदा उनी गम्भीर घाइते भएका थिए ।
उनीलाई तत्काल धनगढीस्थित माया मेट्रो अस्पताल पुर्याइए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए । स्कुटरमा सवार २६ वर्षीय सरोज बम घाइते भएका छन् र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया