सन्दीप लामिछानेलाई क्यानको निलम्बन

बुधबार, १५ असोज २०८२
File Photo

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजविरुद्ध चलिरहेको ऐतिहासिक युनिटी T20I सिरिजका खेलमा राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेलाई निलम्बन गरेको छ।

युएईको शारजाह क्रिकेट मैदानमा सेप्टेम्बर २७ देखि ३० तारिखसम्म पहिलो पटक आयोजना गरिएको नेपाल–वेस्ट इन्डिज सिरिजको पहिलो खेल सुरु हुनुभन्दा ४५ मिनेटअघि लामिछानेले स्वयम् खेल्ने निर्णयबाट पछि हटेका थिए। क्यानले जानकारी दिएको अनुसार उनको अचानकको निर्णयले टिम म्यानेजमेन्ट, खेलाडी र समग्र नेपाली क्रिकेटमै गम्भीर असर पारेपछि बाँकी दुई खेलका लागि निलम्बन गर्ने निर्णय गरिएको हो।

क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “टीम म्यानेजमेन्टको सिफारिस अनुसार पहिलो खेल लगत्तै बाँकी दुई खेल र नेपाल–वेस्ट इन्डिज T20I सिरिज अवधिभरका लागि लामिछानेलाई निलम्बन गरिएको छ।”

अब नेपाली टोलीको ध्यान अक्टोबर ८ देखि १७ सम्म ओमानमा आयोजना हुने ICC Men's T20 World Cup Asia/EAP Final मा केन्द्रित हुने क्यानले जनाएको छ। सो प्रतियोगितामा विजयी भई आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित १६ सदस्यीय नेपाली टोली आजै युएईबाट ओमान प्रस्थान गरिसकेको छ।

May be an illustration of map and text

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार