सुनसरी । सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
हुलाकी राजमार्गमा सप्तरीको राजविराजबाट विराटनगर तर्फ आउँदै गरेको स १ प ९१६० नम्बरको मोटरसाइकलले शुक्रबार राति ९ः३० बजेतिर पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा परेर पैदलयात्री बर्जु–१ का ४५ वर्षीय शत्रुधन मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट मेहता घाइते भएका थिए । मोटरसाइकल चालक राजविराज नगरपालिका–७ का ७० वर्षीय जयनारायण यादव र पछाडि सवार उनकी पत्नी ६५ वर्षीया चन्द्रिकादेवी यादवसमेत घाइते भएका थिए ।
घाइते ३ जनालाई नै उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा भर्ना गरिएको थियो । घाइतेमध्ये पैदलयात्री मेहता र मोटरसाइकल चालक यादवको अवस्था गम्भीर थियो ।
मेहतलाई उपचाररत अवस्थामै चिकित्सकले आइतबार बिहानका राति ४ः२० बजेतिर मृत घोषित गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यादलाई थप उपचारका लागि शनिबार काठमाडौंतर्फ पठाइएको छ ।
प्रतिक्रिया