उदयपुर : बाल गायन रियालिटी सो ‘भ्वाइस किड्स’ सिजन-४ को उपाधि विजेता सोनाली राजभण्डारीलाई उदयपुरमा भव्य सम्मान गरिएको छ ।
‘भ्वाइस किड्स’ सिजन-४ को विजेता सोनालीराज भण्डारी उदयपुरको चौदण्डीगढी नगरपालिका ९ हडियाका शिद्धेश्वरी मा.वि. र जनता नमुना मा.वि.ले एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेका हुन ।
सम्मान कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा, नगर प्रवक्ता प्रकाश राउत, पूर्व मेयर खगेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।
गत साउन २४ गते भएको ग्रान्ड फिनालेमा कोच मेलिना राईको टिमकी सोनालीले उपाधि जितेकी थिन। बाल गायन रियालिटी सो मा सर्वाधिक भोट ल्याएको आधारमा स्वनालीलाई उपाधि विजेता घोषणा गरिएको थियो ।
शुक्रबार बाल गायन रियालिटी सो ‘भ्वाइस किड्स’ सिजन-४ को उपाधि विजेता सोनाली राजभण्डारीको आमाले अध्ययन गरेको विद्यालय जनता मा।वि।ले एक कार्यक्रमको आयोजना गरेर विजेता सोनाली सँगै उनको आमा शारदा राउत, बुवा राजेश राजभण्डारी लगायतलाई सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले नेपाली झण्डा ओढाएर र नेपाली शान भोजपुरे खुकुरी प्रदान गरेर सम्मान गर्नु भएको थियो । कार्यक्रममा बाल गायन रियालिटी सो ‘भ्वाइस किड्स’ सिजन-४ को उपाधि विजेता सोनालीले आफ्नो गायन प्रस्तुत गरेकी थिन ।
प्रतिक्रिया