एमाले नेता महेश बस्नेतलाई पक्राउ गर्ने तयारीमा प्रहरी

सोमबार, १३ असोज २०८२

काठमाडौँ : नेकपा (एमाले)का नेता महेश बस्नेतलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ । आइतबार नै पक्राउ गर्ने योजना बने पनि अनुकूल वातावरण नपाएकाले स्थगित भएको र अहिले तयारी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार बस्नेतविरुद्ध साइबर अपराधसम्बन्धी उजुरी परेको छ । सोही आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको हो ।

जानुका पाठक (शोभा)ले सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोप लगाउँदै बस्नेतविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा जाहेरी दिएकी थिइन् ।

यसअघि भने प्रहरीले जाहेरीमाथि थप अनुसन्धान आवश्यक छैन भन्दै जिल्ला सरकारी वकिल कार्यालयमार्फत तामेलीमा राख्ने प्रक्रिया अगाडि बढाएको थियो । तर, सरकारी वकिल कार्यालयले बस्नेतले फेसबुकमा प्रयोग गरेको ‘भालु’ शब्द कसलाई लक्षित गरी, कुन प्रयोजनका लागि प्रयोग गरिएको भन्नेबारे स्पष्ट पार्न निर्देशन दिएको छ ।

बस्नेतले फेसबुकमा “नेपालको राजनीतिमा एउटा भालु पछिल्लो अवस्थामा जहाँ पनि छरपस्ट बौलाउँदै हिँडिरहेको छ” भन्ने अभिव्यक्ति लेखेका थिए । सो अभिव्यक्तिलाई लिएर नै विवाद चर्किएको हो ।

प्रहरी स्रोतका अनुसार बस्नेत स्वयंले पनि पक्राउको तयारी भइरहेकोबारे जानकारी पाइसकेका छन् । केही दिनयता गृहमन्त्रालयले उनको गतिविधिमाथि निगरानी राख्दै आएको छ ।

1759156296_552748575_804351938646365_8142860455070447723_n

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार