काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालले गएको भदौ २३ र २४ गते ‘जेनजी’ प्रदर्शनका क्रममा जलेको अवस्थामा मृत फेला परेका सातजनाको शवबाट डीएनए नमुना निकाल्न सकेको छैन ।
शव जलेर कंकाल र खरानी बनेकाले डीएनए नमुना निकाल्न नसकिएको अस्पतालको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए ।
“सातवटा शवको कंकाल र खरानी मात्रै बाँकी छ । अस्पतालमा खरानी पोका पारेर राखिएको छ । डीएनए परीक्षणका लागि नमुना निकाल्न सकिएन । अब प्रहरी टेक्निकल टिम आएर हेर्छ,” डा. चौधरीले भने ।
चिकित्सकका अनुसार, मृतकका परिवारका सदस्यसँग डीएनए म्याच गराउनुपर्छ । उक्त आन्दोलनका क्रममा देशभर मृत्यु हुनेको संख्या ७६ पुगको प्रहरीले जनाएको छ ।
यी सात शवबाहेक अरू सबै मृतकको पहिचान र अन्त्येष्टि भइसकेको छ ।
प्रतिक्रिया