सुनचाँदीको मूल्य घट्यो

विहीबार, १५ साउन २०८२

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

आज सुन तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवार १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधवार २ हजार ३ सय १० रुपैयाँमा कारोबार  भएको चाँदी आज तोलामा ४० रुपैयाँले  घटेर २ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार