चीनमा एकै परिवारका ११ जनालाई मृत्युदण्ड सजाय

सोमबार, १३ असोज २०८२

बेइजिङ : म्यानमारमा ठगी केन्द्र सञ्चालन गरेको आरोपमा चिनियाँ अदालतले एक माफिया परिवारका ११ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार सो परिवारका दर्जनौँ सदस्य आपराधिक गतिविधिमा संलग्न रहेको प्रमाणित भएको छ। मृत्युदण्ड पाएकाबाहेक अन्य धेरै सदस्यलाई लामो कारावास सजाय पनि सुनाइएको छ।

उक्त माफिया परिवार म्यानमारको सानो सहर लौक्काई नियन्त्रित गर्ने चार जनजातिमध्ये एकका लागि काम गर्दै आएको पाइएको हो।

म्यानमार–चीन सीमा नजिक रहेको यो सहर लामो समयदेखि जुवा, लागूपदार्थ र विभिन्न किसिमका स्क्याम सेन्टरको मुख्य केन्द्रका रूपमा चिनिँदै आएको छ।

सन् २०२३ मा म्यानमार सरकारले यो परिवारविरुद्ध ठूला कारबाही गर्दै धेरै सदस्यलाई पक्राउ गरी चिनियाँ अधिकारीको जिम्मा लगाएको थियो। त्यसपछि चीनको उत्तरी सहर वेन्झाउस्थित अदालतले सोमबार माफिया परिवारका ३९ सदस्यविरुद्ध दोषी ठहर गर्दै सजाय सुनाएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार