काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेश भएको विधेयक राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ अनुसार प्रमाणीकरण गरेका हुन्।
विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेस हुन आएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गर्नुभएको छ।”
प्रतिक्रिया