"मेरो भूमिकाले सरकार थरथर कामेको छ" : महेश बस्नेत

सोमबार, १३ असोज २०८२

काठमाडौँ : नेकपा एमालेका युवा नेता महेश बस्नेतले आफूले खेलेको भूमिकाप्रति प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार विचलित भएको दाबी गरेका छन् ।

सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै बस्नेतले एमाले अध्यक्षको बासस्थान व्यवस्थापनदेखि सार्वजनिक वक्तव्य, भेटघाट कार्यक्रम र सचिवालय बैठक आयोजनासम्ममा आफ्नो सक्रियताले सरकार थरथरी कामेको आरोप लगाए।

‘कसैले ह्यारेसमेन्ट गरेर मलाई मेरो दायित्वबाट पन्छ्याउन सक्दैन,’ भन्दै उनले चेतावनीसमेत दिएका छन्।

उनले वर्तमान जेनजी सरकारले आफूलाई गिरफ्तार गर्ने षड्यन्त्रसहित मिडिया ट्रायल चलाइरहेको दाबी गर्दै लेखेका छन्, “राष्ट्रियता, लोकतन्त्र र समृद्धिका निम्ति विदेशी दलालहरूले नेपाललाई ध्वस्त पार्न खोजिरहेका दानवीय प्रवृत्तिको विरुद्ध मैले आवाज उठाएकै कारण सत्ताधारीहरूको सातोपुत्लो गएको हो ।”

बस्नेतले सत्य र राष्ट्रियताको पक्षमा अन्तिम साससम्म बोलिरहने प्रतिज्ञा गरेका छन् । साथै, उनले जेनजी आन्दोलनको नाममा बनेको वर्तमान सरकारले यदि अमानवीय र अलोकतान्त्रिक गतिविधि देखायो भने त्यसको सामना गर्न नेपाली युवा सधैँ तयार रहेको चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार