कोशी अस्पतालबाट थुनुवा फरार

सोमबार, १३ असोज २०८२

विराटनगर । मोरङ कारागारमा चोरी मुद्दामा थुनिएका एक जना बन्दी उपचारको क्रममा अस्पतालबाट भागेका छन् ।

मोरङ कटहरी गाउँपालिका–१ घर भएका २० वर्षका मोहमद राजु हिजो (आईतबार) साँझ ८ बजेतिर बिराटनगरस्थित कोशी अस्पतालबाट भागेको प्रहरीले जनाएको छ । 

पेट दुख्ने समस्या भएपछि उनलाई कारागारबाट प्रहरी सुरक्षा सहित अस्पताल भर्ना गरिएको थियो । उपचारपछि अवस्था सामान्य रहे पनि शौचालय लैजाँदा  भेन्टिलेटरबाट हाम फालेर फरार भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।

घटनापछि तत्काल जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायब निरीक्षक दिपक लिम्बुको नेतृत्वमा टोली खटाइएको र मातहत प्रहरी परिचालन गरी खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार