काठमाडौं : पूर्वमधेश प्रदेश प्रमुख राजेश अहिराज भनिने राजेश झाविरुद्ध बलात्कारको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
साउन ४ गते पक्राउ परेका अहिराजमाथि प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मंगलबार अदालतमा मुद्दा दायर गरेको हो।
अहिराजले एक २६ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा मुद्दा दायर भएको हो। पीडित महिलाले २०८१ जेठ ४ गते काठमाडौंको नयाँ बानेश्वरस्थित कोठामा एक्लै भएको बेला पूर्वपरिचित अहिराजले बलात्कार गरेको आरोप लगाएकी छन्।
उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा २१९ (२) को खण्ड (ङ) अनुसार ७ वर्षदेखि १० वर्षसम्मको कैद सजाय माग दाबी गरिएको छ।
त्यससँगै, संहिताकै दफा २१९ को उपदफा (३क) को खण्ड (ग) बमोजिम ३ लाख रुपैयाँ जरिवानाको पनि माग गरिएको छ।
प्रतिक्रिया