इटहरीमा सरफ किनबेच गर्दा कुटपिट, तीन जना घाइते

सोमबार, १३ असोज २०८२
साङ्केतिक तस्बिर

इटहरी । इटहरीमा सरफ किनवेच गर्ने क्रममा सोमबार दिउँसो कुटपिट हुँदा इटहरी वडा नं. १६ मा तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा इटहरी वडा नं. १६ का सुनिल मुसहर, सोही ठाउँका जयकुमार ठाकुर र सुदन चौधरी रहेका छन् । घटनाबारे प्रहरीले जनाएको अनुसार इटहरी वडा नं. ७ का दिलिप चौधरी सरफ र फिनेल बिक्री गरिरहेका बेला स्थानीय एक व्यक्तिले सामान किनेका थिए ।

त्यही क्रममा जयकुमार ठाकुर आएर विवाद गर्दै कुटपिट गर्दा उनको टाउको फुटेको र त्यसपछि अन्य व्यक्ति भेला भएर थप कुटपिट भएको हो ।

सरफ किनेका व्यक्तिले सामान लिएर घर गएकाले उनको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार