भारतको सिलिगुढीमा दुर्गा पूजाको रमझम, शहर झकिझकाउ

सोमबार, १३ असोज २०८२

एजेन्सी । पूर्वी नेपालसँग सीमा जोडिएको भारत पश्चिम बंगाल अन्तर्गत सिलिगुडीमा दुर्गा पूजाको रमझम सुरु भएको छ ।

बंगालको सबैभन्दा प्रतिक्षित पर्व दुर्गा पूजा शुक्ल पक्षको षष्ठी तिथिमा सुरु हुने र विजयादशमीमा दुर्गा विसर्जनसँगै समापन हुने गर्दछ ।

जसका कारण बंगालमा शहरहरु जीवन्त उत्सवले भरिएका छन् । सजाइएको पण्डालदेखि उत्साहजनक सांस्कृतिक प्रदर्शन, भक्ति , परम्परा र सामुदायिक बन्धनलाई प्रतिबिम्बित गरिरहेको छ ।

सिलगढीमा विभिन्न उत्सवमा समितिहरू र सांस्कृतिक समूहहरूले पौराणिक विषयवस्तु र आधुनिक कलात्मकता दुवैबाट प्रेरित भव्य पण्डालहरू स्थापना गर्न कुनै कसर बाँकी राखेका छैनन्।

स्थानीय कालीगढहरूद्वारा बनाइएका देवी दुर्गाका मूर्तिहरू आकर्षणको केन्द्र बनेका छन्, जसले भक्तहरू र आगन्तुकहरूको ठूलो भीडलाई आकर्षित गरिरहेको छ ।  सडक बत्तीहरू, उत्साहजनक बजार र परम्परागत बंगाली स्वादिष्ट परिकारहरूले माहोल रमाइलो बनेको छ ।

विजयादशमीमा देवीको भावनात्मक बिदाईसँगै उत्सवको समापन गरिनेछ । किनकि दुर्गाका मूर्तिहरूलाई नदीमा विसर्जन गर्नुअघि भव्य जुलुस आयोजना गरिनेछ ।(एएनआइ)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार