इटहरी । उदयपुर गढी गाउँपालिका–७ अँधेरीमा आज (बिहीबार) बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट इटहरीतर्फ आउँदै गरेको ट्रक दुर्घटना हुँदा त्यसका चालक त्रियुगा नगरपालिका–४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।
प्रतिक्रिया