काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाउने प्रस्ताव पारित गरेको छ। बुधबार काठमाडौँमा बसेको राष्ट्रिय भेलाले श्रेष्ठविरुद्धको प्रस्ताव पारित गर्दै उनको अध्यक्षता अन्त्य गर्ने निर्णय गरेको हो।
श्रेष्ठ पोखरास्थित ‘लिचीबारी घुसकाण्ड’मा मुछिएपछि उनले शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष नियुक्त गरेकी थिइन्।
बास्तोलालाई जिम्मेवारी दिइएपछि पार्टीभित्र नेतृत्व विवाद चर्किएको थियो। संरक्षक रेशम चौधरीसहितका वरिष्ठ नेताहरूले बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाइएकोप्रति असन्तुष्टि जनाउँदै आएको स्थिति अहिले अध्यक्ष परिवर्तनको निर्णयमा परिणत भएको हो।
प्रतिक्रिया