‘काली’ बोलको म्यूजिक भिडियो सार्वजनिक

मंगलबार, १४ असोज २०८२

इटहरी । गायक तथा संगीतकार दिपेन्द्र राई र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको ‘काली’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । इटहरीमै शिक्षण पेसामा संलग्न एनबी मगरले लेखेको गीतलाई दसैं पर्वको अवसर पारेर सार्वजनिक गरिएको हो ।

माया–प्रेमसँग सम्बन्धित यो गीतको भिडियो केशव दियालीले नृत्य निर्देशन गरेका छन् भने सुरेश थापाले निर्देशन गरेका हुन् । इटहरी तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको भिडियोमा गजेन्द्र योङ्हाङ, करिष्मा साही र जेनिस विकलगायत कलाकारको अभिनय देख्न सकिन्छ ।

पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमार्फत तयार भएको भिडियो सार्वजनिक कार्यक्रममा दसैंको अवसरमा शुभकामना आदानप्रदानसमेत गरिएको आयोजकहरूले जनाएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार