धनकुटामा सुँगुरको मासु खाने क्रममा हड्डी अड्किएर वृद्धको मृत्यु

शनिबार, ३१ जेठ २०८२

धनकुटा : मासु खाने क्रममा घाँटीमा हड्डी अड्किएर धनकुटाको महालक्ष्मी नगरपालिका–९, मूर्तिढुङ्गाका एक वृद्धको ज्यान गएको छ।

७८ वर्षीय प्रेमबहादुर लिम्बूको शुक्रबार राति विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

सुँगुरको मासु खाँदै गर्दा घाँटीमा हड्डी अड्किएर अचानक गम्भीर बिरामी परेका लिम्बूलाई उपचारका लागि तत्काल विराटनगर पुर्‍याइएको थियो। तर, राति करिब साढे १० बजे अस्पतालमै निधन भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान र पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार