सर्लाही : नेपाली काङ्ग्रेसप्रति सर्लाही जिल्लामा जनसमर्थन तीव्र रूपमा बढिरहेको छ। यस क्रममा, पूर्वमन्त्री तथा प्रदेश सांसद वीरेन्द्र प्रसाद सिंहको सक्रिय पहलमा नेकपा माओवादी केन्द्रका नेतासहित २५ जना व्यक्तित्व नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
धनकौल गाउँपालिका–३, हरकठवामा आयोजित विशेष कार्यक्रममार्फत रामएकवाल राय यादवको नेतृत्वमा माओवादी परित्याग गरेका व्यक्तिहरू काँग्रेसमा समावेश भएका हुन्। कार्यक्रमका प्रमुख अतिथि कांग्रेस मधेश प्रदेशका उपसभापति सिंहले नवप्रवेशीहरूलाई माला र टीका लगाई पार्टीमा स्वागत गरे।
पूर्वमन्त्री सिंहको लगातारको जनसम्पर्क, विकास निर्माणमा सक्रियता र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्धताका कारण काङ्ग्रेसप्रति आकर्षण बढ्दै गएको सहभागीहरूले बताए। कार्यक्रममा बोल्दै सिंहले भने, “जनताको दुःख–सुखमा साथ दिँदै काँग्रेसलाई सशक्त बनाउने हाम्रो लक्ष्य हो। स्थानीय तहदेखि केन्द्रसम्म काँग्रेसको जित सुनिश्चित गर्न हामी निरन्तर लागिपरेका छौँ।”
सर्लाही जिल्लामा कांग्रेस हाल १२ वटा स्थानीय तहमा निर्वाचित भएको छ। आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा झनै बलियो प्रदर्शन गर्ने विश्वास लिइएको छ।
पार्टी प्रवेशको यो क्रम पछिल्लो केही सातादेखि तीव्र रूपमा अगाडि बढिरहेको स्वकीय सचिव निकेत त्रिपाठीले जानकारी दिए।
यसलाई काँग्रेसले सर्लाहीमा आफ्नो प्रभाव र पकड विस्तारको सङ्केतको रूपमा हेरेको छ। काँग्रेसले लोकतन्त्र, स्थायित्व र विकासलाई मार्गदर्शक मानेर स्थानीय स्तरमै व्यापक जनसम्पर्कलाई प्राथमिकतामा राखेको स्पष्ट देखिन्छ।
प्रतिक्रिया