काठमाडौँ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र समग्र शिक्षा प्रणाली सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
नेपाल पब्लिक क्याम्पस सङ्घले ललितपुरमा आयोजना गरेको सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै महरले सबै दलको शीर्ष नेतृत्वको सामूहिक प्रतिबद्धताबाट मात्र शिक्षा क्षेत्रमा अपेक्षित सुधार हुने बताएका हुन्।
'शिक्षामा मनग्य लगानी गरेका देशहरूमा पनि आशातीत प्रगति हासिल गर्न सकिएको छैन। हाम्रोमा त लगानी नै कम छ। यहीबिच नेपालका विश्वविद्यालयको कुरा गर्दा म नेविसंघको अध्यक्ष हुँदा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वविद्यालयका पदाधिकारीहरूको नियुक्ति खुला प्रतिस्पर्धाबाट हुनुपर्छ भनेर माग गरेका थियौँ। त्यो माग सम्पूर्ण रूपले कार्यान्वयन नभए पनि बामे सरेर अगाडि बढेको छ', उनले भने।
कुनै विषय पनि राजनीतिबाट सम्पूर्ण रूपमा अलग त हुनै सक्दैन तर विश्वविद्यालयको शिक्षामा चरम दलियकरण हुनु हुँदैन भन्नेमा भने आफू प्रस्ट रहेको महरले बताए।
सामुदायिक क्याम्पस समाजको समग्र शैक्षिक समस्याको पहिचान गरेर जनता स्वयमले स्थापना गरेका क्याम्पस हुन ।अहिले ३० प्रतिशत बढी विद्यार्थीहरू अध्ययन गरिरहेका सामुदायिक क्याम्पसले ग्रामीण क्षेत्रमा जागरण र शिक्षामा जनताको पहुँच स्थापित गर्ने कार्यमा यी क्याम्पसहरूको महत्त्वपूर्ण योगदान दिएका छन ।
'शिक्षाभित्रको दलीय करण रोक्न पार्टीका शीर्ष नेताहरूको प्रतिबद्धता सँगै कार्यान्वयन आवश्यक छ । शिक्षा भित्रको राजनीतिकरणका सन्दर्भमा महरले अगाडी 'विद्यार्थी सङ्घ सङ्गठनका नेताहरू पनि पार्टीका नेता हुन्।
प्राध्यापकका सङ्घ सङ्गठन पनि दलसँग आबद्ध छन्। अन्य कर्मचारी युनियन पनि कुनै न कुनै रूपमा दलसँगै आबद्धता हुन्छ। विश्वविद्यालयका प्रमुख पदहरूमा नियुक्तिका प्रावधान, करिकुलम निर्माण र पूर्वाधार निर्माणको विषय पनि राजनीतिको संलग्नता प्रत्यक्ष , अप्रत्यक्ष रूपमा त हुन्छ नै ।`
राजनीतिको यस्तो संलग्नता हुँदा पनि विश्वविद्यालयलाई दलीय करणबाट टाढा राख्न सबै दलका शीर्ष नेताहरूले एक ठाउँमा उभिएर प्रतिबद्धता व्यक्त गरेर कार्यान्वयन गर्नै पर्छ,' महरले भने।
विश्वविद्यालयको स्वायत्तता र प्राध्यापकहरूको प्राज्ञिक मर्यादा कायम राख्न अति आवश्यक हुँदाहुँदै पनि त्यसका लागि प्राध्यापकहरूको व्यवहार पनि प्राज्ञिक मर्यादा राख्ने तरकाको सङ्लो हुन आवश्यक रहेको उनी बताउँछन्। कमजोरीका सबै प्वाल टाल्दा मात्र विश्वविद्यालयको शिक्षा प्रणालीमा सुधार गर्न सकिने उनले धारणा राखे।
प्रतिक्रिया