दमकमा छोराले दाउ प्रहार गर्दा बाबु घाइते

शनिबार, २७ मंसिर २०८२

झापा । दमक नगरपालिका–३ बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविर सेक्टर सी २  मा सामान्य विवादका क्रममा छोराले दाउ प्रहार गर्दा बाबु घाइते भएका छन्।

शुक्रवार राति करिब १० बजे ५७ वर्षीय धनबहादुर बराइलीमाथि उनका २३ वर्षीय छोरा सामुन विश्वकर्माले मादक पदार्थ सेवन गरी दाउले प्रहार गरेका थिए । दाउ प्रहारबाट बराइलीको दाहिने आँखामाथि चोट लागेको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक बालकुमार नेवारको कमाण्डमा टोली खटिएर घाइतेलाई उपचारका लागि दमकतर्फ पठाइएको छ । 

सोही क्रममा झगडा छुट्याउन गएका सेक्युरिटी गार्ड देऊ नारायण न्यौपानेलाई पनि पनि कुटपिट भएको छ । उनको ओठमाथि चोट लागेर घाइते भएका छन्।

 दाउ प्रहार गर्ने विश्वकर्मालाई दाउसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार