पाँचथरमा बेलिब्रिज भाँचिएर घाइते भएकालाई उपचारका लागि विराटनगर ल्याइयो

शनिबार, ३१ जेठ २०८२

इटहरी(डेक्स): पाँचथरको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ लाई जोड्ने मेची राजमार्ग अन्तर्गत हेवाखोलामा निर्माणाधीन बेलिब्रिज अचानक भाँचिँदा घाइते बनेका ६ जना कामदार लाई थप उपचारका लागि विराटनगर ल्याइएको छ । 

गम्भीर घाइते भएकामध्ये बाराको सिमरा उपमहानगरपालिका–१२ का रूपलाल चौधरी, राजन चौधरी, राकेश चौधरी, भुलेश्वर चौधरी, प्रकाश चौधरी र अभिषेक चौधरीलाई थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल पठाइएको कौशल जिल्ला प्रहरी कार्यालयका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए । 

WhatsApp Image 2025-06-14 at 21.15.45WhatsApp Image 2025-06-14 at 21.15.46

शनिवार अपराह्न पुल जडानको अन्तिम चरणमा रहँदा भाँचिन पुगेको हो । गत वर्षको बाढीले पुरानो पुल बगाएपछि अस्थायी रूपमा नयाँ बेलिब्रिज निर्माण सुरु गरिएको थियो । उक्त पुल अन्तिम चरणमा पुगेको र सोही दिन जडान सक्ने तयारी भइरहेकै बेला ढलेको स्थानीय प्रशासनले जनाएको छ ।

पुल निर्माणको क्रममा अचानक संरचना भत्किएपछि काममा संलग्न मजदुरहरू खोलामा खसेर घाइते भएका हुन् । 

यो पनि

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचिँदा ६ कामदार गम्भीर घाइते

WhatsApp Image 2025-06-14 at 21.15.46 (1)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार