झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उनले नयाँ पुस्ता सिक्छु राजनीतिमा लाग्छु भन्छ भने त्यसलाई नराम्रो मान्नु नहुने बताएका छन्।
गृह जिल्ला झापा आइपुगेका एमाले अध्यक्ष ओलीले नयाँ भाई ,भतिजा ,छोराहरुको पुस्ता सिक्छु ,राजनीतिमा लाग्छु भन्छ भने त्यसलार्य नराम्रो मान्नुपर्ने कुरा नभएको बताएका हुन्।
झापा क्षेत्र नम्बर ५ बाट आगामी फागुनमा हुने प्रतिनिधि सभा सदस्यका लागि एमालेका तर्फबाट उम्मेदवार समेत रहेका अध्यक्ष ओली हवाईमार्ग भएर झापा आइपुगेर आफूसँग कोही भिड्न आउँछु भन्छ भने त्यो कुरालाई सधैँ स्वागत गर्ने समेत बताए ।
प्रतिक्रिया