रंगेलीमा पिकअप दुर्घटना हुँदा ४५ वर्षीय खनालको मृत्यु

आइतबार, ०१ असार २०८२
साङ्केतिक तस्बिर

विराटनगर । मोरङको रंगेलीमा पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । हुलाकी राजमार्गअन्तर्गत रंगेली नगरपालिका– ७ संसारीमाई नजिकै को २ च १३०० नम्बरको पिकअप आइतबार बिहानका राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार ब्रोइलर कुखुराको दाना लिएर पिकअप विराटनगरबाट आमबारीतर्फ जाँदै थियो । सडकको डिभाईडरमा गाडी ठोक्किएर दुर्घटना हुँदा चालक विराटनगर महानगरपालिका–८ का ४५ वर्षीय चेतराज खनालको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । लम्सालका अनुसार खनालको घटनास्थलमै मृत्यु भएको हो । 


दुर्घटनामा परेर पिकअपमा सवार २३ वर्षीय राम राजवंशी, २१ वर्षीय छत्र पराजुली, ३२ वर्षीय दिपेश पौडेल सामान्य घाइते भएका छन् । पिकअपको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार