इन्लाइटनले ‘स्टडी अब्रोड बुट क्याम्प ८.०’ आयोजना गर्दै, विदेशमा अध्ययन गर्न चाहनेले फाइदा लिन सक्ने

आइतबार, ०१ असार २०८२

 काठमाडौं । विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरूका लागि इन्लाइटन इन्टरनेशनल एजुकेसनले ‘स्टडी अब्रोड बुट क्याम्प ८.०’ आयोजना गर्ने भएको छ ।

बागबजारस्थित इन्लाइटनको कार्यालयमा जुन २० मा स्टडी अब्रोड बुट क्याम्प आयोजना हुन लागेकाे हाे । बिहान ११ बजेदेखि दिउँसाे ४ बजेसम्म चल्ने यो एक ‘वन-स्टप’ कार्यक्रम हो, जसले अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडालगायतका प्रमुख गन्तव्यहरूमा अध्ययनका अवसरहरू पत्ता लगाउन मद्दत गर्नेछ ।

२०२५ को इन्टेकका लागि आवेदन दिने योजनामा रहेका विद्यार्थीहरूका लागि यो एउटा पूर्ण मार्गदर्शन प्याकेज हुने इन्लाइटनले बताएकाे छ । यसमा प्रमुख देशहरूका आवश्यक पर्ने टेस्ट प्रि-परेसन (आईईएलटीएस, पीटीई, टाेफेल, डुओलिंगो, स्याट) र विश्वविद्यालय छनोट, छात्रवृत्ति, आर्थिक कागजात, तथा भिसा प्रक्रियाका बारेमा विशेषज्ञ परामर्श प्रदान गरिनेछ ।

कार्यक्रममा सहभागी हुनेहरुले आईईएलटीएस, पीटीई, टाेफेल, डुओलिंगो, स्याटमा ३० प्रतिशतसम्म छुट पाउने भएका छन् भने गिफ्ट ह्याम्पर, मुभी टिकट र रिचार्ज कार्डहरू जित्ने व्यवस्था पनि मिलाइएकाे छ ।

साढे एक दशकदेखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटन विद्यार्थी र अभिभावकबीच निकै लोकप्रिय छ । यहाँबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने, आवश्यक परामर्श दिने जस्ता सहजीकरण गर्ने भएकाले शैक्षिक परामर्श संस्थामा आफ्नो अलग्गै छवि बनाउन सफल छ ।

इच्छुकहरुका लागि दर्ता लिङ्कः https://forms.gle/rwuUkHr3HRQRtpDV9

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार