इटहरी : इटहरीमा शनिवार साँझ सम्पन्न ‘मिस एसइई इटहरी २०८१’ सौन्दर्य प्रतियोगिताको पाँचौँ संस्करणमा श्रेयसी भट्टराईले उपाधि जित्दै ताज पहिरिएकी छन् । लायन्स क्लब सभाहलमा आयोजित फिनालेमा उनले २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट प्रस्तुति दिइन् र बहुपक्षीय उपाधिहरू हात पार्दै चम्किएकी हुन्।
श्रेयसीले मुख्य उपाधिसँगै ‘इन्टेलेक्चुअल’ सबटाइटल पनि जितिन् । उपाधिसँगै उनले एसबी मेकअप स्टुडियोको मेकअप तालिममा पूर्ण छात्रवृत्ति तथा सुष्मा गोदावरी कलेजमा प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी छन्।
प्रतियोगितामा अदिति गुरागाईं फर्स्ट रनर अप घोषित भइन् भने पवित्रा कुँवर सेकेन्ड रनर अप बनिन्। दुवैले सुष्मा गोदावरी कलेजबाट ५० प्रतिशत छात्रवृत्तिसहित आकर्षक उपहारहरू प्राप्त गरे। अमीका घिमिरे थर्ड रनर अप घोषित भइन्।
रेनेशा प्रधान – पब्लिक च्वाइस अवार्ड
संस्कृति दाहाल – अर्गनाइजर च्वाइस अवार्ड
सुजना श्रेष्ठ – मिस पपुलर
पवित्रा कुँवर – मिस बेस्ट डान्सर
रेश्मा विष्ट – मिस पर्सनालिटी
सुना राई – बेस्ट वाक
पुष्पाञ्जली श्रेष्ठ – मिस डिसिप्लिन
पेरिशा शङ्कर – मिस फ्रेन्डशिप
वेदिका भुजेल – मिस फोटोजेनिक
नमुना अधिकारी – मिस क्रिएटिभ
बिनिसा सिग्देल – मिस बेस्ट ट्रान्सफर्मेसन
अदिति गुरागाईं – मिस कन्फिडेन्स
कार्यक्रममा कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङबाङ प्रमुख अतिथि थिए । प्रतिस्पर्धाको निर्णायक मण्डलको नेतृत्व मिस नेपाल २००५ सुगरिका केसी ले गरेकी थिइन्। सुष्मा गोदावरी कलेजको शिक्षा साझेदारीमा ‘ओपन स्पेस प्रालि’ द्वारा आयोजित कार्यक्रमले इटहरीको सांस्कृतिक र शैक्षिक वातावरणमा नयाँ ऊर्जा थपेको छ।
प्रतिक्रिया