कोशी प्रदेशमा 'कांग्रेस एमाले' संयन्त्रको बैठक, भाषिक अधिकारसम्बन्धी छलफल

विहीबार, २९ साउन २०८२

विराटनगर : कोशी प्रदेशको दुईदलीय (कांग्रेस एमाले) संयन्त्रको बैठक आज विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा सम्पन्न भएको छ। बैठकमा प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको स्थानीय सरकारी कामकाजको भाषा विधेयक सम्बन्धी विषयमा विशेष छलफल भएको थियो।

बैठकमा बान्तवा, चाम्लिङ, थारु लगायतका प्रमुख भाषिक समुदायहरूको आवाज विधेयकमा पर्याप्त रूपमा समेटिन नसकेको भन्दै संशोधनको आवश्यकता औंल्याइयो। सहभागीहरूले यी भाषिक समुदायको अधिकार सुनिश्चित गर्ने गरी विधेयकमा सुधारका उपाय अपनाउनुपर्नेमा जोड दिएको पूर्वमुख्यमन्त्री शेरधन राईले जानकारी दिएका छन् । 

यससँगै, बैठकमा प्रदेश सरकारको समग्र नीति, कार्यप्रगति र दुवै दलबीचको सहकार्यका अन्य पक्षहरूबारे पनि विस्तृत छलफल भएको संयन्त्रले जनाएको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार