सुनसरीमा बाँधेको खसी चोरी गर्ने युवक मोटरसाइकलसहित पक्राउ

सोमबार, ०१ बैशाख २०८२
इटहरी : सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जमा बारीमा बाँधिएको खसी चोरी गर्ने एक युवक मोटरसाइकलसहित पक्राउ परेका छन्। हिजो (सोमबार) दिउँसो करिब २ः१० बजे ६२ वर्षीय तोहिद आलमको खसी चोरी भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालयबाट प्रहरी बरिष्ठ नायव निरिक्षक अशोक कोइरालाको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। सोही टोलीले अनुसन्धानका क्रममा ईनरुवा नगरपालिका–८ निवासी २३ वर्षीय कुर्मान मियाँलाई पक्राउ गरेको हो। कुर्मान मियाँले प्रयोग गरेको प्रदेश १–०२–०४१ प ३२०५ नम्बरको रातो–कालो रंगको अपाचे मोटरसाइकल र चोरी गरिएको सेतो–कालो बुट्टे रंगको खसी समेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका मियाँलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको छ। घटनास्थल इलाका प्रहरी कार्यालयबाट करिब ४ किलोमिटर पश्चिमतर्फ पर्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार