झापा : झापाको मेचीनगर १० टिकापुरस्थित बाटो छेउको झाडीमा एक पुरुषको मृत अवस्थामा शव फेला परेको छ। शव फेला परेपछि स्थानीयले इलाका प्रहरी कार्यालय धुलाबारीलाई खबर गरेका थिए।
प्रहरीका अनुसार अन्दाजी ३५–४० वर्ष उमेर देखिने, पहाडी मूलका जस्तो देखिने ती पुरुषको पहिचान खुल्न सकेको छैन।
इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको कमाण्डमा खटिएको टोलीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जानकारी दिएको छ।
प्रतिक्रिया