धरान : धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङले अगुवाइ गरेको कोकाह प्रोजेक्ट–२ अन्तर्गत श्रमदानका क्रममा भीरबाट लडेर गम्भीर घाइते भएका धरान–११ निवासी ६५ वर्षीय कुलराज राईको निधन भएको छ।
उनी गत माघ १९ गते, वराहक्षेत्र–१ स्थित बान्द्रेचौरीमा पानीको पाइप तान्ने क्रममा करिब १० मिटर उचाइको भीरबाट लडेर गम्भीर घाइते भएका थिए। त्यसयता बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा राखी उपचार हुँदै आएको थियो।
उनको उपचारमा खटिएका आइसियु रेखदेख विभागका को–अर्डिनेटर डा.सविन भण्डारीका अनुसार राईको पेट, टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। माघ २० गते तत्कालै शल्यक्रिया गरिएको भए पनि पछि फोक्सोमा समस्या देखिएपछि उनलाई निरन्तर सघन उपचारमा राखिएको थियो।
प्रतिक्रिया