ओखलढुङ्गामा एकै पटक तीन छोरीको जन्म, आमासहित सबैको अवस्था सामान्य

शुक्रबार, ३० जेठ २०८२

ओखलढुङ्गा : ओखलढुङ्गाको मोलुङ गाउँपालिका–६ श्रीचौर मङ्गलबारेकी ३२ वर्षीया हिरा तामाङले एकैपटक तीन छोरीलाई जन्म दिएकी छन्। ओखलढुङ्गा सामुदायिक अस्पतालमा आज बिहान शल्यक्रिया (सिजेरियन) मार्फत उनले तीन स्वस्थ शिशुलाई जन्म दिएकी हुन्।

अस्पतालका निर्देशक डा. रोशन खरेलका अनुसार बिहीबार प्रश्रव पीडा भएपछि भर्ना गरिएकी तामाङले आज बिहान १०:४० देखि १०:४२ बजेको बीचमा तीन छोरीलाई जन्म दिएकी हुन्। शल्यक्रियामा डा. रमिता कँडेलको नेतृत्वमा चिकित्सकको टोली खटिएको थियो।

जन्मिएका शिशुहरू मध्ये पहिलोको तौल १९०० ग्राम, दोस्रोको २२०० ग्राम र तेस्रोको तौल २३०० ग्राम रहेको अस्पतालले जनाएको छ। ३६ हप्तामा गरिएको शल्यक्रियापछि आमा र नवजात शिशुहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

यसअघि तामाङ दम्पतीका एक सात वर्षीय छोरा रहेका छन्। ओखलढुङ्गामा पहिलो पटक एक महिलाले एकैचोटि तीन सन्तान जन्माएको घटना भएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार