धरौटी आदेश भए पनि चक्रे मिलन तत्काल नछुट्ने, ज्यान मार्ने उद्योगको मुद्दामा भक्तपुर पठाइने

बुधबार, २८ साउन २०८२

काठमाडौं : अभद्र व्यवहारको कसुरमा ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश पाए पनि गुण्डा नाइके भनेर चिनिने मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ तत्काल नछुट्ने भएका छन्।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको बुधबारको इजलासले चक्रेलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। आदेशपछि उनी तोकिएको धरौटी बुझाउने प्रक्रियामा छन्।

उनीसँगै धरौटी तोकिएका अन्य प्रतिवादीहरू आजै रकम बुझाएर रिहा भए पनि चक्रे भने तत्काल बाहिर नआउने भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुलदीप चन्दका अनुसार चक्रेविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएकाले उनलाई भक्तपुर पठाइने छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डिराज नेउपानेले पनि काठमाडौंबाट रिहा भएपछि चक्रेलाई भक्तपुर ल्याइने पुष्टि गरेका छन्। उनका अनुसार उक्त मुद्दामा आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार