इटहरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको खुलेको छ। ‘श्रम संस्कृति पार्टी’को नाम दिएर साम्पाङले यसै महिना आयोगमा निवेदन दिइसकेका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पार्टी दर्ताका कागजातहरू हाल रुजु गर्ने प्रक्रियामा छन्। आयोगले दिएको जानकारीअनुसार, सुनुवाइ र प्राविधिक परीक्षणपछि दशैं बिदा सकिएलगत्तै दर्ता प्रक्रिया टुंगिनेछ।
हाल आयोगले दल दर्ताका लागि साम्पाङको निवेदन स्वीकार गरी प्रक्रिया अघि बढाएको छ।
मेयर हर्क साम्पाङले स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजय हासिल गरी चर्चामा आएका थिए। नयाँ पार्टी गठन गर्दै उनले स्थानीय शासनमा देखिएको भ्रष्टाचार, विकासको ढिलासुस्ती, र श्रमिक अधिकारका मुद्दालाई राष्ट्रिय एजेन्डा बनाउने संकेत दिँदै आएका छन्। आयोगका अनुसार असोज ७ गते श्रम संस्कृति पार्टी दर्ताका लागि निवेदन परेको हो।
यससँगै साम्पाङको नयाँ दल ‘श्रम संस्कृति पार्टी’ दर्ता प्रक्रियामा पुगेपछि उनको राजनीतिक यात्रा नयाँ मोडमा प्रवेश गर्ने संकेत देखिएको छ।
प्रतिक्रिया