अर्थमन्त्री खनाल र जापानी राजदूतबीच शिष्टाचार भेट, के भयो कुराकानी?

आइतबार, १२ असोज २०८२

काठमाडौँ : अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज शिष्टाचार भेट भएको छ।

अर्थ मन्त्रालयमा भएको भेटमा दुवै पक्षबीच नेपालको हालको परिवर्तित राजनीतिक अवस्था, नेपाल–जापानबीचको ऐतिहासिक मित्रवत् सम्बन्ध तथा जापानले नेपालको आर्थिक–सामाजिक विकासमा पुर्याउँदै आएको सहयोगबारे छलफल भएको थियो।

भेटमा अर्थमन्त्री खनालले विशेष परिस्थतिमा बनेको वर्तमान सरकारको मुख्य लक्ष्य तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए। उनले यस अवधिमा पुनःनिर्माण, आर्थिक तथा सामाजिक विकासका कार्यक्रमलाई निरन्तरता दिने स्पष्ट गरे।

छलफलका क्रममा निर्माणाधीन नागढुङ्गा सुरुङमार्ग परियोजना, तनहुँ जलविद्युत् आयोजना, निकट भविष्यमै सम्झौता हुने कोटेश्वर चोक सुधार परियोजना, सिन्धुली सडक तथा बाढी प्रभावित क्षेत्रमा आपतकालीन पुनःस्थापना कार्यक्रमलगायतका विषयमा पनि कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ।

सो अवसरमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनिराम शर्मा पनि उपस्थित थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार