जेन-जी आन्दोलनमा मृत्यु भएका महर्जनको परिवारलाई १५ लाख सहयोग

आइतबार, १२ असोज २०८२

काठमाडौँ : २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा मृत्यु भएका ललितपुरका बिनोद महर्जनका परिवारले रु १५ लाख सहयोग प्राप्त गरेको छ।

नेपाल सरकारले जेन-जी आन्दोलनमा मृत्यु भएका परिवारलाई राहतस्वरुप उपलब्ध गराएको १५ लाख रुपैयाँ ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ललितपुर ७स्थित मृतककै घरमै पुगेर हस्तान्तरण गरेका थिए।

१० लाख आर्थिक सहयोग र ५ लाख क्रिया तथा अन्य खर्चबापट सरकारले उपलब्ध गराएको रकमको चेक आइतबार प्रमुख जिल्ला अधिकारी घिमिरेले हस्तान्तरण गरेका हुन्।

मृतकका आमा लतामाया महर्जनले चेक बुझेकी थिइन्।

जेन-जी आन्दोलनमा ७४ जनाको मृत्यु भएको थियो भने एक हजार बढी घाइते भएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार