मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

विहीबार, ११ मंसिर २०८२

काठमाडौँ । महिला हिंसा विरुद्धको अभियन्ता तथा जेनजी अगुवा मुस्कान खातुन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् । बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका संयोजक प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका हुन् ।

खातुन नेपाली मानव अधिकारकर्मी समेत हुन् । उनी १५ वर्षको उमेरमा तेजाब आक्रमणको शिकार बन्न पुगेकी थिइन् । २१ वर्षीया खातुनले सन् २०२१ को अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेकी थिइन् ।

खातुनलाई नेकपाको केन्द्रीय सदस्य बनाउने बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार