कांग्रेस संस्थापन पक्षको भेला बानेश्वरमा बस्दै

शुक्रबार, १२ मंसिर २०८२

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष आज  बानेश्वरकाे रोयल ब्याङ्कैटमा  रोयल ब्याङ्कैटमा मा भेला हुँदैछ। पछिल्ला दिनमा चर्किएको महाधिवेशनसम्बन्धी विवादलाई समाधान गर्नका लागि शीर्ष नेताहरूको यो भेला महत्त्वपूर्ण मानिएको छ। सभापति शेरबहादुर देउवाले पुस मसान्तभित्रै महाधिवेशन कार्यतालिका बनाउने सम्भावना रहेको बताइएको छ । विशेष महाधिवेशन वा नियमित महाधिवेशन — कुन विकल्प रोज्ने भन्ने विषयले कांग्रेसभित्र लगातार तानातान बढिरहेको छ।

यद्यपि संस्थापन पक्षले यसअघि फागुन २१ गतेको निर्वाचनअघि कुनै पनि महाधिवेशन हुन नसक्ने स्पष्ट अडान लिएको थियो। कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका धारणा यसै विषयमा फरक–फरक रहेकाले आन्तरिक बहस अझै चर्किएको छ। नेता डा. शेखर कोइराला भने चुनावअघि नै नियमित महाधिवेशन गर्नुपर्ने पक्षमा छन्।

देउवापक्षीय नेताहरूको भनाइमा चुनाव अघि प्रत्यक्ष प्रतिस्पर्धा हुने माहोल बनाउँदा पार्टी कमजोर बन्न सक्ने भएकाले पुस मसान्तसम्म कार्यतालिका सम्बोधन गर्दै मध्यमार्गी विकल्प तयार गर्न सकिनेमा सहमति जस्तै देखिएको छ। बैठकले महाधिवेशन कार्यतालिका तयार गर्ने जिम्मा सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई दिएको छ।

आजको भेलामा पूर्वउपसभापतिहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह, विजयकुमार गच्छदार, पूर्वमहामन्त्रीहरू डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौला, साथै प्रवक्ता डा। प्रकाशशरण महत र प्रचार विभाग प्रमुख मीन विश्वकर्मालगायत नेताहरू सहभागी हुनेछन् ।

बैठकमा सहभागी नेताहरूका अनुसार केही वरिष्ठ नेताहरूले निर्वाचनअघि महाधिवेशन गर्दा पार्टीमा अनावश्यक दबाब र क्षति पर्न सक्ने भन्दै देउवालाई सावधानी अपनाउन सुझाव दिएका छन्। महतले पनि यही धारणा समर्थन गरेका छन्।

असोज २८ देखि चलिरहेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले पुस १६–१९ र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० को कार्यतालिका प्रस्ताव गरेपछि विवाद टल्किएको थियो। लामो बहसपछि देउवाले ‘मध्यमार्ग’ अपनाउने संकेत गरेका कारण अब सहमतिको वातावरण बन्ने आशा गरिएको छ। यस विषयमा थप परामर्शपछि अन्तिम कार्यतालिका बनाइने बताइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार