चीनमा ऊँटको दूध अर्थात ‘सेतो सुन’ : अर्थतन्त्रका लागि गतिलो आधार

आइतबार, १२ असोज २०८२

एजेन्सी । चीनमा उँटको दूध उत्पादनले आर्थिक विकासमा टेवा पुर्याइरहेको छ । शताब्दी पूरानो ऊँटको दूध उत्पादनले आर्थिक रुपान्तरणमा ठूलो फाइदा समेत पुगेको चीनियाँ अधिकारीहरुले बताएका छन् ।

चीनको सिनजियाङको अल्तेमा यो व्यावसायमा करिब पाँच परिवार आश्रित छन् । वाङ किआओका अनुसार गोठालाहरूका लागि, यस्तो आर्थिक क्रान्ति हरेक बिहान सूर्योदयमा दूध निकाल्ने सरल, महत्त्वपूर्ण कार्यबाट सुरु हुने गरेको छ ।

स्थानीयहरूले सयौं वर्षदेखि ऊँट र गाईवस्तु पाल्दै आएका छन् । स्थानीय गोठाला बहात्यनुर्ल बिकान भन्छन्,‘हाम्रो परिवारले पहिले गाईवस्तु पाल्थ्यो। २०११ ऊँट पाल्न थाल्यौं। पहिलो वर्ष हाम्रो आम्दानी एक लाख युआनभन्दा बढी थियो । एक दशकभन्दा बढीको कडा परिश्रमपछि, वार्षिक आम्दानी लगभग दस देखि बीस लाख युआन छ ।’

यो नाटकीय परिवर्तन कसरी भयो भन्ने प्रश्नको उत्तर पनि सहज छ–परम्परा र प्रविधिको मिश्रणले यस्तो भएको हो । स्थानीय ऊँटको दूध कम्पनीहरूले शुद्धता र दक्षता सुनिश्चित गर्न गोठालाहरूलाई दूध निकाल्ने मेसिनहरू प्रदान गरेका छन् ।

‘पहिले सबै हातले दुध दुहुन्थ्यो। अब, स्थानीय ऊँटको दूध कम्पनीले हामीलाई दुहुन मेसिनहरू दिएको छ। यसले समय र प्रयास बचत गर्छ, र प्रदूषण रोक्छ,’ एक गोठालाले भने ।

गोठाला बिकानको परिवारले स्थानीय कारखानालाई हरेक महिना लगभग ४०० किलोग्राम ऊँटको दूध आपूर्ति गर्छ ।

वाङ युआन बायोटेक्नोलोजी समूहका निर्देशक फ्यान जिन भन्छन्,‘हाम्रा सङ्कलकहरूले दैनिक गोठालाहरूलाई भेट्छन् । त्यहाँ ताजापन, मिसावट र रोगजनकहरूको परीक्षण गर्छौं। त्यसपछि, दूध हाम्रो प्लान्टमा १२८ वस्तुहरूको विस्तृत निरीक्षणको लागि जान्छ। यी परीक्षणहरू पछि मात्र यो उत्पादन लाइनमा पुग्न सक्छ ।’

चीनको फुहाई काउन्टीमा मात्र ३६,००० भन्दा बढी ऊँटहरू छन् । १,००० भन्दा बढी गोठाला घरपरिवारहरूले ठूलो मेहेनत गरिरहेका छन् ।

तीमध्ये २५७ परिवारको वार्षिक आम्दानी १० लाख युआनभन्दा बढी छ, जुन १४०,००० डलरभन्दा बढी हो । सबैभन्दा बढी कमाउनेहरू ३.६५ मिलियन युआन पुगेका छन्, जुन ५१३,००० डलरभन्दा बढी हो ।

ऊँटको दूध उक्त क्षेत्रको सेतो सुन हो। यसले प्राचीन चरन क्षेत्रदेखि विश्वव्यापी अर्थतन्त्रसम्म पुल निर्माण गरेको छ। (सीसीटीभीप्लस)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार