सुनसरी : इनरुवा नगरपालिका–८ मा इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको तार जडान गर्ने क्रममा करेन्ट लागेर २६ वर्षीय कर्मचारी मुकेश कुमार चौधरीको मृत्यु भएको छ।
इटहरी उप–महानगरपालिका–१४ निवासी चौधरी जेठ २९ गते दिउँसो करिब १२ः३० बजे तार जडानको काम गर्दै गर्दा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएको थियो। प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराट मेडिकल कलेज टिचिङ अस्पताल पठाइए पनि अस्पताल पुगी चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।
प्रहरीले घटनाको कारण र विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया