अमेरिका पठाउने भन्दै ५० लाख ठगी गर्ने नुवाकोटका राजकुमार पक्राउ

शुक्रबार, ३० जेठ २०८२

काठमाडौं : अमेरिका पठाइदिने लोभ देखाएर झन्डै ५० लाख रुपैयाँ ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा नुवाकोटको बिदुर नगरपालिका–४ का ५१ वर्षीय राजकुमार मानन्धर रहेका छन्, जो हाल काठमाडौं महानगरपालिका–१६ मा बस्दै आएका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार मानन्धरले तीन जना पीडितहरूसँग अमेरिका पठाउने बहानामा ४९ लाख ९७ हजार रुपैयाँ ठगी गरेका थिए।

प्रहरी उपरीक्षक तथा कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार रकम लिएको लामो समयसम्म मानन्धर सम्पर्कविहीन रहेपछि पीडितहरूले प्रहरीमा उजुरी गरेका थिए।

प्रहरीले बिहीबार विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो। मानन्धरमाथि वैदेशिक रोजगार विभागमा ३५ लाख ६९ हजार रुपैयाँ बिगोको मुद्दा दर्ता भएको छ। त्यस्तै, १८ लाख २४ हजार रुपैयाँ ठगीसम्बन्धी अर्को मुद्दामा पनि पक्राउ पुर्जी जारी गरिएको थियो।

प्रहरीले घटनाको थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार