काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजारले बढेर १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबारमा शुक्रवार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो ।
त्यस्तै,चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया