वीरगञ्जमा निषेधाज्ञाको अवधि थपियो

आइतबार, ३१ चैत्र २०८१
 पर्सा : जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ । आज मध्याह्न १२ बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर भरे मध्यरात १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७ः३० बजेदेखि आइतबार १२ बजेसम्मका लागि जारी भएको कर्फ्युको समय आज राति १२ बजेसम्मका लागि बढाएको जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार