उर्लाबारी (मोरङ) : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक उर्लाबारी नगर अधिवेशन ३१ जेठ शनिबारका दिन हुने भएको छ।
कार्यक्रम उर्लाबारीको आइतबारेस्थित जय वशिष्ठ पार्टी प्यालेसमा हुने नगर सचिव कुमार दाहालले जानकारी दिएका छन्।
अधिवेशनमा पार्टीका कार्यवाहक सभापति तथा पूर्व श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्यालको विशेष सम्बोधन रहनेछ। त्यसैगरी, पार्टीका सह-प्रवक्ता रमेश प्रसाईंले पनि कार्यक्रमलाई सम्बोधन गर्ने तय भएको छ।
रास्वपाले यस प्रथम नगर अधिवेशनलाई ऐतिहासिक बनाउने लक्ष्यका साथ आयोजना गर्न लागेको बताइएको छ।
प्रतिक्रिया