बालेन–सुनिता मनमुटाब अन्त्य , काठमाडौं महानगरको कार्यपालिका बैठक आह्वानको तयारी

विहीबार, २९ जेठ २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकामा लामो समयदेखि रोकिएको कार्यपालिका बैठक र नगरसभा डाक्ने तयारी अघि बढेको छ ।

मेयर बालेन्द्र साहले उपमेयर सुनीता डंगोलसहित तीन दलबाट निर्वाचित वडाध्यक्षहरूसँग गोप्य छलफल गरेका छन् । बैठकमा सहकार्य गर्दै अघि बढ्ने प्रस्ताव मेयर बालेनले राखेको स्रोतको भनाइ छ ।

कार्यपालिका बैठक र नगरसभा चाँडै बोलाउने तयारीसहित एजेन्डा तय गर्ने विषयमा पनि छलफल भएको छ । पुस १४ यता कार्यपालिका बैठक बस्न नसकेको महानगरमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयमा विवाद भएपछि स्थिति जटिल बनेको थियो ।

गुरागाईंलाई निलम्बन गरेपछि उपमेयरसहित अधिकांश जनप्रतिनिधि बालेनविरुद्ध उभिएका थिए । सन् संवादहीनता अन्त्य गर्दै करिब ४ घन्टा चलेको छलफलपछि मेयर बालेन र उपमेयर डंगोलबीच छुट्टै वार्ता पनि भएको छ । झन्डै अढाई महिनापछि उनीहरूबीच संवाद भएको हो ।

गुरागाईंको कार्यालय फिर्तीमा उपमेयरको सक्रियतापछि बालेन असन्तुष्ट भएका थिए र हालसम्म उनीसँग संवाद कायम छैन । यसले कार्यपालिका सञ्चालनमा अवरोध आएको थियो । तर अब छलफल पुनः सुरू भएकोले आगामी १५ असारसम्म बजेट ल्याउन सकिनेमा जनप्रतिनिधिहरू आशावादी देखिएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार