विराटनगर : झापा र इलाममा करेन्ट लागेर दुई जनाले ज्यान गुमाएका छन्।
चैत ३० गते झापाको कनकाई नगरपालिका–१ का ६६ वर्षीय तारा बहादुर बिश्वकर्मा आफ्नै घरमा पानी तान्ने मोटरको तार जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए। उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भयो।
त्यसैगरी, इलामको माई नगरपालिका–८ का ४६ वर्षीय मदन कुमार राई घरमा कोही नभएको बेलामा मोबाइल फोन चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत अवस्थामा फेला परेका हुन्।
दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया