काठमाडौं । केही दिनदेखिको वृद्धिका बिच साताको अन्तिम कारोबार दिन (शुक्रबार) सुनको मूल्यमा उच्च वृद्धि भएको छ । बिहीबारको तुलनामा शुक्रबार प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।मूल्य बढेसँगै आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।nयसअघि बुधबारको तुलनामा प्रतितोला १ हजार ६ सय रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।
यसअघि वैशाख ९ मा सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो । तर, त्यसयता सुनको मूल्य ओरालोमा थियो ।nसुनको मूल्यमा उच्च वृद्धि हुँदा चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीबारको तुलनामा प्रतितोला १५ रुपैयाँले बढ्दै आज चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश ३ हजार ४२६ डलरमा किनबेच भइरहेको छ ।
प्रतिक्रिया