मधेश प्रदेशका सांसद सरोज सिंह अख्तियारको फन्दामा, अनामनगरबाट पक्राउ

विहीबार, २९ जेठ २०८२

काठमाडौं : जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन्। अख्तियारको टोलीले उनलाई बिहीबार काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो।

महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित कुशवाहाको घरमा यसअघि जेठ १२ गते अख्तियारले छापा मारेको थियो। छापाको क्रममा अनुसन्धान टोलीले विभिन्न सरकारी योजना सम्बन्धी कागजात र मोबाइल उपकरणहरू बरामद गरेको थियो। ती सामग्रीहरूलाई डिजिटल फरेन्सिक परीक्षणका लागि समेत पठाइएको जनाइएको छ।

उक्त दिन कुशवाहाका स्वकीय सचिव विनोदकुमार लाल कायस्थ पनि पक्राउ परेका थिए। उनीहरूमाथि मधेश प्रदेश सरकारको विकास योजनाहरू खरिद–बिक्रीमा अनियमितता तथा भ्रष्टाचार गरेको आरोप लागेको छ।

पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत रहिसकेका कुशवाहामाथि अख्तियारले अहिले अनुसन्धान गरिरहेको छ। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार