त्रिपक्षीय महिला क्रिकेट श्रृंखला : फाइनलमा झापा र मोरङ भिड्ने

विहीबार, २९ जेठ २०८२

इलाम : यहाँ जारी त्रिपक्षीय महिला क्रिकेट श्रृंखलाको फाइनल खेलमा झापा र मोरङ भिड्ने भएका छन् । इलामको ठूलो टुडिखेलमा जारी प्रतियोगिताको पहिलो खेलमा झापाले मोरङलाई १०० रनले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको हो ।

पहिलो खेलमा झापाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १९४ रनको विशाल योगफल खडा ग¥यो । झापाकी कप्तान रुबिना क्षेत्रीले आक्रामक शतकीय पारी खेल्दै ६० बलमा १०१ रन बनाइन् । बलिङतर्फ पनि उनले २ विकेट लिएर बहुपक्षीय प्रदर्शन गरेकी थिइन् ।

उत्कृष्ट प्रदर्शनका लागि उनी खेलकी प्लेयर अफ दि म्याच घोषित भइन् । जवाफमा मोरङको टोली २० ओभरमा ८ विकेट गुमाउँदै ९४ रनमै सिमित रह्यो । 

अब यि दुई टोलीले नै फाइनल खेल शनिबार बिहान ११ः०० बजे खेल्ने छन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार